विराटनगर । नेकपा बिप्लवको मेचीकोशी ईन्चार्ज सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवारसाँझ बिराटनगर महानगरपालिका वडा नम्बर २ को सोमबार हाटबाट मोरङ जिल्ला अदालत सहित दुईजनालाई पक्राउ गरे लगत्तै बिहान बिहान मेची कोशी ईन्चार्ज लाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा गोरखा घर भएकी नेकपा बिप्लब की मेची कोशी ईन्चार्ज उमा भुजेल, उनको कार्यालय सचिव सुमन सिंह, मोरङ जिल्ला ईन्चार्ज नरेश चौलागाई र क्षितिज पौडेललाई पक्राउ गरेको हो ।
भुजेल र सिंहलाई आज बिहान सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो भने चौलागाई र पौडेललाई बिराटनगरको सोमबारेहाटबाट पक्राउगरेको हो ।
आज बिहान चक्रघट्टीबाट पक्राउ परेकी उमा यस अघि शान्ति सम्झौतापछि बनेको अन्तरिम ब्यवस्थापिकाको सदस्य थिईन । त्यस्तै पहिलो संबिधान सभाको सदस्यको रुपमा समेत उनले भुमिका निर्वाह गरेको भुजेलका निकट सहयात्रीले बताएका छन् ।
यसैबिच विराटनगर ३ का नवराज नेपाल, पथरीशनिस्चरे नगरपालिका २ का दिपक आचार्य र मिक्लाजुंग ३ का जगत बहादुर पुलामी मगर र गोबिन्द कार्कीले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा उनीहरुले निबेदन दिएर आत्म समर्पण गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।