विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई स्वागत गरेको हो । सपरिवार र समूह बनाएर आएका छिमेकी देशका पाहुनालाई गुलाबको फूल र सयपत्रीको मालाले स्वागत गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुले बताए । भ्रमण वर्षको पहिलो दिन विराटनगर नाका हुँदै बुधबार मात्र ३ सय बढी निजी तथा सार्वजनिक सवारीसाधनहरु नेपाल प्रवेश गरेका थिए ।