बिराटनगर पुष १७ ,
बिराटनगरमा मारवाडी युवा मन्चको र मेरिल्याण्ड कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए । बिराटनगरमा बेलायतको बिबिएम पढाई हुने भृकुटी चोकस्थित कलेजका बिद्यार्थी तथा प्राध्यापकले रक्तदान गरेका थिए ।
मारवाडी युवा मन्चले भोलि पनि बिराटनगरको जैन भवन अगाडी रक्तदान कार्यक्रम रहने मारवाडी युवा मन्च बिराटनगरका अध्यक्ष गोपाल आग्रवालले बताए ।