विराटनगर ११ मा वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण

<span class='c1'>विराटनगर ११ मा वृद्धवृद्धालाई</span> <span class='c2'>कम्बल र म्याट्रेस वितरण</span>

विराटनगर । विराटनगर स्नातकोत्तर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका छन् ।
उनीहरुले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घरमै पुगेर कम्बल र म्याट्रेससमेत वितरण गरे । समाजशास्त्रमा अध्ययनरत विद्यार्थीहरुले ११ घर परिवारका वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण गरिएको अभियन्ता सीताराम कोइरालाले जानकारी दिए । सडकमा हुने छाडा कुकुरलगायत चौपायालाई समेत साधारण औषधोपचार गरिएको थियो । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने अभियन्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्