मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटना हुँदा</span> <span class='c2'>चालकको मृत्यु</span>

कैलालीको टीकापुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान गाडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक पथरैयाका १८ वर्षीय एकेन्द्र जैसीको मृत्यु भएको हो ।
यसैगरी धनुषाको गणेशमान चारनाथमा भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छ । आज विहान ५ बजे भारतबाट कोईला लिएर महोत्तरी तर्फ जाँदै गरेको ट्रकको पांग्रा पन्चर भएर पल्टिँदा चालक ३५ वर्षीय कर्र्मिजत सिंह र परिचालक २२ वर्षीय सचिन कुमार घाइते भएका हुन् । घाईते दुवैलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । यसैबिच बाँकेको नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ च १६२६ नम्बरको जीपले कोहलपुरमा ठक्कर दिँदा चिसापानीका २४ वर्षीय फिलिप महरा घाइते भएका छन् । घाइते महराको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्