२६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ६ महिनादेखि तालाबन्दी

<span class='c1'>२६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र</span> <span class='c2'>रजिष्ट्रारको कार्यकक्षमा ६ महिनादेखि तालाबन्दी</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले शनिवार आफ्नै परिसारमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४/४ वटा ताला झुन्डिरहेका थिए ।

ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय ४ महिनादेखि उपकूलपतिविहिन हुँदा कामचलाउको भरमा छ ।  तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकूलपतिबिहिनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’मात्रै सुनाए । नेपाल विद्यार्थी संघले ५ सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्