विराटनगर । सातौं राष्ट्रिय कृषिगणना पनि २०७८ सालमा हुने भएको छ । तीन तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कृषि गणना हुने भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बन्द्री कुमार कार्कीले जानकारी दिनुभयो ।
तथ्यांङ कार्यालयले आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना गर्ने भएको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि कृषि गणना सुरु हुने केन्द्रीय तथ्यांक विभागका निर्देशक कार्कीले बताउनुभयो । तथ्यांङ विभागले विराटनगरमा मंगलबार आगमी राष्ट्रिय कृषिगणना २०७८ मा समेटिने विषयबस्तु सम्बन्धमा सरोकारवालाहरूसँग आयोजना गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
विभागका निर्देशक कार्कीका अनुसार नयाँ संघिय संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्याङ्कको प्रभाव गर्ने समयानुकुल विषयवस्तु समेटने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार बनाउन कृषिगणनाले ठूलो भुमिका खेल्ने बताउनुभयो । आवधिक योजना बनाउन तथ्याङ्क संकलनले ठूलोे भुमिका खेल्ने भएकोले गणकले सैधान्तिक कुराहरुमा बढी ध्यान दिनुपर्ने उहाँले सुझाब दिनुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिब सन्जिवकुमार राई, पशुपंछी तथा मत्स्य विकास निर्देशनलाय विराटनगरका निर्देशक डा. लेखराज दाहाललागयले सबैको साथ सहयोग र सहकार्यले कृषिगणना प्रभावकारी हुने बताउनुभयो ।