एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजना संचालनमा

<span class='c1'>एनआईसी एशिया बैंकको न्यू सुपर</span> <span class='c2'>चमत्कारिक बचत खाता योजना संचालनमा</span>

एन्जु शिवाकोटी ।
विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले ३० चामत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याईएको बताए ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने उनको भनाई छ । दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने एनआईसी एशिया बैंक प्रदेश १ का अध्यक्ष दिपक थापाले बताए ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई अझ विशेष सुविधा प्रदान गर्ने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा ल्याएको थापा बताउँछन् ।
यी तीन प्रकारका खाताहरुबाट ग्राहकहरुले बार्षिक ६ दशमलव ५ प्रतिशत ब्याजदर प्राप्त गर्ने छन् भने डायमण्ड सिरिजको बचत खातामा अति विशिष्ट प्राप्त गर्ने बैंक संचालकको भनाई छ ।
बैंकले सर्वाधिक उच्च प्रतिफलका लागि ग्राहकहरुको घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले सुपर चमत्कारिक योजना अनुसार स्वीप ईन–स्वीप आउट सुबिधामा बचत खातामा २ लाख भन्दा बढी रकम भएमा बढी रकम १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्ने र सो रकममा ९ दशमलव ७५ प्रतिशतसम्मको ब्याजदर दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्