विराटनगरमा चोर पक्रन मोरङ प्रहरीको ‘अप्रेशन ट्रयाप’ अभियान

<span class='c1'>विराटनगरमा चोर पक्रन मोरङ</span> <span class='c2'>प्रहरीको ‘अप्रेशन ट्रयाप’ अभियान</span>

विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा संलग्नलाई ट्रयापमा पारेर नियन्त्रणमा लिनको लागि यो अभियान संचालनमा ल्याईएको बताउनुभयो । यसरी ट्रयापमा पार्न प्रहरीले विराटनगर र आसपासका दुई दर्जन बढी ठाउँमा एकै पटक चेक प्वाइन्ट खडा गरी सवारी साधन चेकजाँचमा कडाई गरेको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल र स्कुटर चोरीका ४१ वटा उजुरी परेको छ । जसमा हालसम्म २२ वटा फेला पारेर सम्बन्धीत धनीलाई बुझाइ सकिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।
विराटनगर १० का सन्दीप अग्रवालको पुस १७ गते चोरी भएको यामाहा कम्पनी को २३ प १८० नम्बरको मोटसाइकल प्रहरीले विराटनगर ४ नोबेल अस्पताल नजिकैको नहरबाट फेला पारेको छ । त्यस्तै मोरङको ग्रामथान गाउँपालिका १ का जितेन्द्रकुमार माझीको पुस ११ गते चोरी भएकोे यामाह कम्पनीको एफजेट ना ३६ प १११५ नम्बरको मोटरसाइकल प्रहरीले विराटनगर १४ जतुवास्थित नहरको डिलमा फेला पारेको छ । यस अघि चोरी भएका दुईवटा मोटरसाइकल फेला पारेर प्रहरीले बुधबार सम्बन्धीत धनीलाई बुझाएको छ ।
चोरी भएको मोटरसाइकलको खोजी गर्ने क्रममा विभिन्न स्थानमा गत सोमबार साँझ एकै समयमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा तीन सय ७८ वटा मोटरसाइकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिईएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो ।
‘अप्रेशन ट्रयाप’क अभियान अन्तरगत एक घण्टा चलाइएको चेकजाँचमा ब्लुबुक लगायतका आवश्यक कागजपत्र नभएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको उहाँको भनाई छ ।
मोवाईल धनीलाई
मोरङ प्रहरीले हराएका चारवटा साम्सुङ कम्पनीका मोबाइल पनि भेटेर सम्बन्धीत धनीलाई बुधबार जिम्मा लगाएको छ । विराटनगरका केशव रायमाझी, सुभद्राकुमारी चौधरी, निर्मल कार्की र रंगेलीका रामकुमार राईको हराएको मोबाइल भेटेर सम्बन्धित धनीलाई जिम्मा लगाएको डिएसपी राईले जानकारी दिनुभयो । मायाँ मारेको मोवाई प्रहरीले भेटेर दिएपछि मोवाईल धनीहरु भ्ने खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्