सरकारले पक्राउ परेका १२२ चिनियाँलाई दुई वटा विमानबाट चीन पठायो

<span class='c1'>सरकारले पक्राउ परेका १२२ चिनियाँलाई</span> <span class='c2'>दुई वटा विमानबाट चीन पठायो</span>

काठमाडौँ– नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई चीन सरकारले पठाएको दुई वटा चार्टर विमानबाट बुधबार चीन पठाइएको छ।

नेपालमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई दुईवटा विमानबाट बुधबार चीन डिपार्ट गरिएको हो। प्रहरीले गत पुस ७ गते नेपालमा गैरकानुनी क्रियाकलाप गरेको भन्दै काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो।

अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएका उनीहरुलाई जनही एक हजार रुपैयाँ जरिवाना तिराइएको थियो। त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो ।

चीन सरकारले पठाएका चाइना इस्टर्न र चाइना साउथर्नका दुई वटा विमानबाट उनीहरुलाई चीन फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्