विराटनगर ब्रियानीमय बन्दै १० रुपैयादेखी ५ सय सम्म, खुल्यो सय रुपैयाको चिकेन ब्रियानी हाउस

<span class='c1'>विराटनगर ब्रियानीमय बन्दै १० रुपैयादेखी ५ सय</span> <span class='c2'>सम्म, खुल्यो सय रुपैयाको चिकेन ब्रियानी हाउस</span>

विराटनगर । कुनै समय थियो चिकेन ब्रियानीको मुल्य ४ देखी ५ सय सम्म । अनि मटन ब्रियानी ५ सय देखी माथी । तर केही समय यता विराटनगरमा ब्रियानी खाने पारखीहरुको लागी सस्तो मिठो खुवाउन प्रतिसप्रधा नै चल्न थालेको छ ।


विराटनगरमा अहिले १० रुपैयादेखी ५ सय सम्म भेज तथा चिकेन ब्रियानी पाउन थालिएको छ । विराटनगरको जनघनत्व बढेसँगै विराटनगरमा ठूला तथा साना होटलहरु संचालनमा आउने प्रतिप्रधा नै चल्न थालेको छ । अनि त्यही होटलमा सस्तो र मिठो ब्रियानी खुवानेहरुको पनि होडबाजी नै चल्न थालेको छ ।


विराटनगरका समाजसेवी दिलिप धाडेवाले १० रुपैयामा नै भेज ब्रियानी खुवाएका छन् । धाडेवाले विराटनगरमा १० रुपैयामा नै पेटभर खाना र २० रुपैयामा होम प्याक को व्यावस्था समेत गर्दै आएका छ्न् । उनको यो अभियान अन्र्तगत विराटनगरमा १० रुपैयामा नै भेज ब्रियानी खाने व्यावस्था मिलाएका थिए ।
यसैविच विराटनगरका ४ जना युवा जवान मिलेर ३ महिना अघि विराटनगरको ट्राफिक चोक नजिकै रोयल व्रियानी हाउस संचालनमा ल्याए । विराटनगरका पप्पु अन्सारी लगायतको टिम मिलेर विराटनगरमा ५ लाखको लगानीमा ब्रियानी हाउस संचालनमा ल्याएसँगै ब्रियानीका पारखीको रोजाई बन्दै गईरहेको छ ।
४ देखी ५ सम्ममा बेचिदै आएको ब्रियानी एकैचोटी सय रुपैयमा बेच्न सुरु गरेपछि धेरै जना छक्क नै पर्न थालेका छन् । यसैविच भोली आईतबार पप्पु अन्सारीको टिमले अर्को ब्रियानीहाउसको शाखा संचालनमा ल्याउने तयारी गरेका छन् ।
यता विराटनगरका अर्का युवा वासिम सेकले पनि शुत्रबार एक सय रुपैयामा नै ब्रियानी हाउस संचालनमा ल्याएका छन् । विराटनगर ६ स्थित भाटभटेनी छेउ भृकुटी मण्डममा ‘रेड चिल्ली विरियानी’ हाउस संचालनमा ल्याएका हुन् । करिब ३ लाखको लगानीमा संचालनमा ल्याइएको ब्रियानी हाउसमा २ सय रुपैयमा मटन ब्रियानी समेत पाईने संचालक वासिम सेखले जानकारी दिए ।


ब्रियानी खाने पारखीहरुको लागी निशुल्क होम डेलिभरीको समेत व्यावस्था रहेको छ । यस संगै विराटनगरका अन्य ठाँउमा एक सय रुपैयामा चिकेन ब्रियानी खाने व्यावस्था सहितको होटलहरु संचालनमा आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्