विराटनगरमा शनिवार सरकारी गाडी ट्राफिक प्रहरीको निशानामा

<span class='c1'>विराटनगरमा शनिवार सरकारी गाडी</span> <span class='c2'>ट्राफिक प्रहरीको निशानामा</span>

विराटनगर । विराटनगरमा शनिवार अन्य दिनको भन्दा सवारी साधनको चेकजाँचमा कडाई गरेको देखियो । शनिवार सरकारी कार्यालयहरुका सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालयल मोरङले बिनापास संचालनमागरेको पाईएपछि नियन्त्रणमा लिएको छ । होल्डमा राखिएका सवारी साधनहरुलाई शनिबारका दिन सरकारी सवारी साधन संचालन गर्ने अनुमती पास ल्याए पश्चात मात्र छाडिएको थियो ।


कोशी लोकमार्ग अन्तरगत बिराटनगर ४ दुधफारम अगाडी तिब्रगतीमा चलाउने सवारीलाई पनि राडरगनको प्रयोग गरि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्दारले तिब्रगतीमा चलाउने सवारी साधनहरुलाई गति नाप्ने राडरगनको प्रयोग गरेर अत्याधिक गतिमा सवारी चलाउनेलाई कार्वाही गरेको बताए । यो क्षेत्रमा बढी दुर्घट्ना हुने गरेको कारण चेकिङमा कडाई गरिएकोले पोद्दारले जानकारी दिए । दिउसो तिन घण्टको चेकिङमा ट्राफिक नियम उल्लघन गर्ने विभिन्न सवारी साधनहरुबाटद ४० हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्