विराटनगरको जेनिथ इन्टरनेशनल कलेजको तेस्रो वार्षिक उत्सवमा विविध कार्यक्रम

<span class='c1'>विराटनगरको जेनिथ इन्टरनेशनल कलेजको तेस्रो</span> <span class='c2'>वार्षिक उत्सवमा विविध कार्यक्रम</span>

विराटनगर । विराटनगरको जेनिथ इन्टरनेशननल कलेज तेश्रो वार्षिकोत्सवको अवसरमा तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

समाजमा उत्कृष्ट कार्य गरेवापत उद्योगी सुरेशकुमार शर्मा, शिक्षा सेवी डा. मिनाक्षी नेपाल, समाज सेवाको क्षेत्रबाट लिलाकुमार ढुंगेललाई सम्मानित गरिएको हो । कलेजले तेश्रो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताव्यापी समापन कार्यक्रममा खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विभिन्न विधामा देश विदेशमा भएको कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई कलेजले पुरस्कृत गरेको थियो । वीवीए र एमवीए उत्तिर्ण भएका विद्यार्थीलाई वार्षिकोत्सवको अवसरमा मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो । रेको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, क्यारिकेचर, फेशन सो, थिम सो लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, समाजसेवी एवं शिक्षाविद जिवेश्वरलाल श्रेष्ठ लाखे, क्याम्पस प्रमुख संदिपदास श्रेष्ठ, निर्देशक अश्विनी वंशल,पूर्वाञ्चल विश्वविद्यालयका केन्द्रिय प्राध्यापक संघका सभापति डा. संदेशदास श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका केन्द्रिय कर्मचारी संघका सभापति राजकुमार सापकोटा, पूर्वाञ्चल विश्वविद्यालयका मुख्यअधिकृत लक्ष्मण गेलाल लगायत बोल्नु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्