‘विराट सडक महोत्सव २०७६’ विराटनगरमा सुरु (फोटो फिचर)

‘विराट सडक महोत्सव २०७६’ विराटनगरमा सुरु (फोटो फिचर)

विराटनगर। ‘विराट सडक महोत्सव’ सुरु भएको छ । मन्जिना मूभिज क्रिएशनको आयोजनामा विराटनगरको हिमालय रोडमा आजबाट महोत्सव सुरू भएको हो । माघ ४ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभयो ।
भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भएको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले सडक मोहत्सव गरिएको मन्जिना मुभिज क्रियसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो । शुरु भएको सडक महेत्सव हरेक दिन दिउँसो ३ देखि साझ ८ बजेसम्म लगातार चार दिनसम्म संचालन हुनेछ । महोत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारहरुको करिब तीन दर्जन बढी स्टलहरु रहेको छ ।
सडक महोत्सवमा प्रदेश १ का रमणीय पर्यटकी गन्तब्यहरूको फोटाहरु पनि राखिएका छन् । आयोजकले महोत्सव अवधिभर एक लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन र १ करोडको कारोबार हुने लक्ष्य राखेको ताम्राकारले जानकारी दिनुभयो । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम पनि हुनेछन् । पहिलो दिन गायक अनिल सिंहको प्रस्तुती रहेको छ भने दोस्रो दिन सुगम पोखरेल आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्