पेट्रोलियम पदार्थको मुल्य फेरि घट्यो

<span class='c1'>पेट्रोलियम पदार्थको मुल्य</span> <span class='c2'>फेरि घट्यो</span>

काठमाडौं : पेट्रोलको मूल्य घटेर एक सय नौ रुपैयाँ प्रतिलिटरमा झरेको छ। नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा घटाएपछि नयाँ मूल्य कायम भएको हो।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाइएको जानकारी दिए। नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलेको नयाँ मूल्य प्रतिलिटर ८६ रुपैयाँ ५० पैसामा झरेको छ।

सञ्चालक समितिले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटाएको हो। स्वचालित मूल्य प्रणाली लागू गरिदेखि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य घट्दो छ।

अन्तराष्ट्रिय बजार अनुसार सरकारले पेट्रोलियम पदार्थको पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्