निरु पाललाई अध्यक्ष बनाइएपछि युवा संघ नेपालमा विवाद

<span class='c1'>निरु पाललाई अध्यक्ष  बनाइएपछि</span> <span class='c2'>युवा संघ नेपालमा विवाद</span>

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्ष निरु पाललाई बनाइएपछि संगठनमा विवाद चर्किएको छ ।
तत्कालीन युवासंघ अध्यक्ष महेश बस्नेत उद्योग मन्त्री भएपछि कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनुभएकी तत्कालीन उपाध्यक्ष निरु पाललाई हिजो अध्यक्ष बनाइएको थियो ।
तर, विधान विपरित निर्णय गरेर निरुलाई अध्यक्ष बनाइएको दावी गर्दै युवा कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । उनीहरुले निर्णय सच्याउन माग गर्दै आज पार्टीका शीर्ष नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् । मन्त्री बस्नेतले युवा संघ अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरी संघको केन्द्रीय समिति बैठकमा निरुलाई अध्यक्ष बनाउने भनी गरिएको निर्णयप्रति उपाध्यक्ष दिलु पन्तले नोट अफ डिसेन्ट लेखेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्