विराटनगरबाट रात्रीकालिन उडान पुनःसञ्चालन हुने, पोखरा उडान माघ २० देखि

<span class='c1'>विराटनगरबाट रात्रीकालिन उडान पुनःसञ्चालन हुने,</span> <span class='c2'>पोखरा उडान माघ २० देखि</span>

विराटनगर । बुद्ध एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालिन उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो ।
माघ १८ माघ गते शनिवारदेखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ बजेर ३५ मिनेटमा गर्न लागेको छ ।
यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकेर विराटनगर फर्किने यात्रुहरुलाई फाइदा पुग्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
साथै बिराटनगरबाट पोखराको उडान पनि शुरु गर्ने तयारी गरेको छ । फेबु्रअरी ३ तारिखदेखि पोखराबाट बिराटनगर, भैरहवा र सिमरा समेतको उडानको तयारी बुद्धएयरले गरेको छ । बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले बिराटनगरबा पोखरा उडानको लागि यात्रुको ब्यापक माग आएपछि उडान शुरु हुन लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्