रबिन्द्र बराल
रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम शुरु गरेका हुन् । रंगेली सन्थाल समाजको आयोजनामा सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु भएको होृ ।
पर्वको चौथो दिन जनता माध्यमिक विद्यालयमा संयुक्त कार्यक्रमको आयोजना गरी पर्बको बारेमा जानकारी दिईयो । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बारेमा जानकारी दिन र संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिउको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताउनुभयो ।
पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । रंगेली नगरपालिका उपमेयर केशबकुमारी खरालले रंगेलीमा रहेका बिभिन्न जातजातीको भाषा, पर्ब, धर्म, संस्कार र संस्कृतीको संरक्षण गर्ने काम शुरु हुने बताउनुभयो ।
कार्यक्रममा बिश्वनाथ मुर्मु, परमेश्वर मुर्मु, लखिराम मुर्मु लगायतले सन्थाल समुदायको पर्ब संरक्षणको काम शुरु भएको बताउनुभयो । सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपमा बिभिन्न कार्यक्रम गरिन्छ । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण बिभिन्न वडाका २५ जना झाँक्रीहरुको समेत सहभागि रहेको थियोे ।
मोरङका सन्थाल समुदायले दिसोम सोहराय पर्ब मनाए, रंगेलीमा २५ जना झाँक्री भेला