प्रदेश १ सभाको दुई बर्ष, ‘न सभा बन्यो–न नाम जु¥यो’

<span class='c1'>प्रदेश १ सभाको दुई बर्ष,</span> <span class='c2'>‘न सभा बन्यो–न नाम जु¥यो’</span>

विराटनगर । प्रदेश सभाको स्थापना भएको आज दुई बर्ष पुरा भएको छ । प्रदेश १ को प्रदेश सभा बसेको समयलाई हेर्ने हो भने १८० वटा बैठक १ सय ८२ घण्टा ८ मिनेट बसेको छ । आजकै दिन प्रदेश सभा स्थापना गरी शुरु भएको हो । प्रदेशको संसदीय अभ्यास शुरु भएको २५ महिना अर्थात ७३१ दिन पुरा भएको छ ।
प्रदेश सभाको स्थापना सँगै शुरु भएको प्रदेशको संरचना र कानुन निर्माणको कुरा पनि तिब्र गतिमा अगाडी बढेको बताईन्छ । प्रदेश १ सभाबाट सदन संचालन भएको दिनको अवसरमा बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश सभाले अहिलेसम्म गरेको गतिबिधिको बारेमा जानकारी दिईएको छ ।
प्रदेश सभाबाट अहिलेसम्म ३९ वटा कानुन निर्माण भईसकेको र भोलीदेखि शुरु हुने पाँचौ अधिबेशनका लागि ४ वटा बिधेयक टेबुल भएको प्रदश सभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशको नाम दिन नसक्दा पछुतो
प्रदेश सभाको दुई बर्ष पुरा गरेको भएपनि यो अबधिमा प्रदेश सभाबाट प्रदेशले अझै पहिचान पाएको छैन । अहिले पनि प्रदेशको नामका बिषयमा प्रदेश १ नै भनेर चिनाउनु पर्दा प्रदेश १ सभाका सभामुख प्रदिपकुमार भण्डारीलाई पनि चित्त बुझेको छैन । तर उहाँले यो अबधिमा धेरै राम्रा काम भने गरेको बताउनुभयो । दुई बर्षको अबधि सिकाईको दिनको रुपमा बितेको सभामुख भण्डारीको भनाई छ ।
‘यो अबधिमा अनुभव प्राप्त भएको छ, यस ब्यवस्थाको बारेमा जानकारी थिएन, कसरी चल्ने रहेछ भनेर अनुभव गर्दा केही समय बित्यो, सभामुख भण्डारीले भन्नुभयो । संसद भनेको परम्परा, अभ्यास, नियमावली, नीति र संबिधानको आधारमा चल्ने रहेछ । त्यो अबस्थाबाट गुज्रिएर अगाडी बढेकोले अब ब्यवस्थित र ब्यवहारिक रुपमा अगाडि बढ्नको लागि सहज भएको सभामुख भण्डारीको तर्क छ ।
शुरुका दिनमा कर्मचारीको अभाव, भौतिक संरचनाको अभाव, कानुनी जटिलताले गर्दा प्रदेश सभाले निक्कै अप्ठेरो ब्यहोर्नु परेको सभामुख भण्डारी सम्झनुहुन्छ । अहिले कर्मचारीको अभाव छैन, भौतिक रुपमा सभाहलको अभाव खड्कीएको भएपनि यो प्रक्रियामा अघि बढी रहेको उहाँले जानकारी दिनुभयो ।
कानुन बनाउने, सदनले सरकारलाई निगरानी गर्ने, सरकारलाई सुझाव र निर्देशन दिने काममा सदनले महत्वका साथ गरिरहेको छ । ‘प्रदेशको राजधानी पनि तोकिएको छ, अबको कमजोरी भनेको नाम जुराउन सकेका छैनौ, सभामुख भण्डारीले भन्नुभयो, ‘हिउँदे अधिबेशन भोलीदेखि शुरु हुँदैछ, यही अधिबेशनबाट नाम राख्नु पर्छ भनेर तिब्र रुपमा गृहकार्य गरिरहेका छौ । यही अधिबेशनमा यो प्रदेशको न्वारान हुनेछ ।’
यो दुई बर्षको गतिबिधिबाट सभामुख भण्डारी भने आफु सन्तुष्ट नभएको बताउनुहुन्छ । यो बिचमा प्रदेशको नाम नै राख्न नसक्नुलाई उहाँले आफु असन्तुष्ट हुनुको कारणको रुपमा लिएको स्वीकार गर्नुभयो । सभामुख भण्डारीलाई अर्को चित नबुझेको कुरा भनेको सभाहल साँगुृरो हुनु हो ।
माननीयहरुलाई सभाहलमा बस्नका लागि सुबिधायुक्त राख्न नसकिएकोमा दुख लागेको उहाँको भनाई छ । अप्ठेरोका बिचमा पनि धेरै कामहरु सदनबाट हुनुलाई सभामुख भण्डारीले भने सरारात्मक रुपमा लिनु भएको छ ।
प्रदेशसभा प्रबिधिमा
दुई बर्षसम्म प्रबिधिमा सक्रिय हुन नसकेको प्रदेश सभा तेश्रो बर्षमा प्रबेश गर्दै गर्दा बिभिन्न नयाँ प्रबिधिमा साथ अघि सरेको छ । दुई बर्ष पुरा गरेको अबसरमा संसद भवनमा आयोजित एक कार्यक्रमका बिच प्रदेश सभाको नयाँ वेवसाईट, एप समेत सार्बजनिक भएको छ । साथै पाँचौ अधिबेशनदेखि प्रदेश सभाको बैठकको सम्पुर्ण बिवरण युट्युबबाट समेत लाईभ गर्ने तयारी भएको छ । सभामुख भण्डारीले मोवाईल एप र वेवसाईट सार्बजनिक गर्नुभयो । अब प्रदेश सभा र सचिवालयमा हुने सबै गतिबिधिलाई तत्काल वेवसाईटमा राख्ने गरी काम शुरु भएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्