२८ पटक पुराण लगाएर मन्दिरका लागि ३ तले भवन

<span class='c1'>२८ पटक पुराण लगाएर मन्दिरका</span> <span class='c2'>लागि ३ तले भवन</span>

विकास निर्माणकालागि आर्थिक स्रोत जुटाउन पुराण दरिलो उपाय बनेको छ मोरङको इटहरामा रहेको सर्वेश्वर शिव मन्दिर व्यवस्थापन समितिलाई । इटहरा–४ मा अवस्थित मन्दिरले स्थापनाकाल देखि नै पुराणको आयोजना गरी मन्दिर निर्माणकालागि आवश्यक आर्थिक स्रोत जुटाइरहेको छ ।
आइतवार स्थापनावर्षको २८ औ पुराण आयोजना गरेको मन्दिर समितिले विकास निर्माणकालागि आफ्नै गाउँबाट स्रोत जुटाइरहेको छ । २७ वटा पुराण आयोजना गरी सकेको मन्दिरले हाल तीन तल्ले सामुदायिक भवन निर्माण गरिरहेको छ ।
मन्दिर सञ्चालक समितिकै अगुवाइमा बृद्ध आश्रम, आयुर्वेद औषधालय र संस्कृत पाठशाला सञ्चालनका निम्ति तीन तल्ले भवन निर्माण गरिएको हो । पुराणबाट संकलित रकमले सामाजिक काम गर्दै आएको मन्दिरले सरकारी निकायको सहयोगमा तिन तल्ले सर्वेश्वर वृद्ध आश्रमको भवन निर्माण गरिरहेको हो । ९ लाख ८५ हजार अनुमानित लागतमा निर्माणमा सुरु गरिएको भवनको ५० प्रतिशत निर्माणको कार्य सकिएको छ । उपभोक्ता समितिको एकलाख ८ हजार, संस्कृति मन्त्रालयको १ लाख ९४ हजार, शान्ति मन्त्रालयको दुईलाख ८५ हजार र जिविस मोरङको ३ लाख ९७ हजार ७ सय सहयोगमा आश्रम निर्माण गरिएको हो । गत पुसदेखि निर्माण सुरु गरिएको भवन १ वर्षभित्र निर्माण पूरा हुने समितिका अध्यक्ष अम्विकाप्रसाद दाहालले बताए ।
स्थापनाकाल देखि नै आयोजना गरिदै आएको पुराणबाट संकलित रकमले मन्दिरको भौतिक निर्माणमा खर्च गरिदै आएको मन्दिर व्यवस्थापन समितिका सदस्य हिमादेवी निरौलाले जानकारी दिइन् । उनले भनिन् ‘स्थापना भएको २८ वर्ष पूरा भयो वार्षिक उत्सवमा पुराण लगाउ“छौ । प्रत्येक वर्ष पुराणबाट संकलित हुने रकमले मन्दिरकै विकास निर्माणमा खर्च गर्दै आएका छौ ।’ पुराणबाट संकलन गरिएको रकमले नया“ मन्दिरको भवन निर्माण गरिएको उनले बताइन् । पुराणमा लाग्ने खर्च मध्ये चिया नास्ता खर्च भने गाउँका भजनकिर्तन मण्डलीहरुले बेहोर्ने उनले बताइन् । उनले भनिन् ‘पुराणमा खर्च धेरै हु“दैन, श्रदालुहरुका लागि खर्च भजनकिर्तन मण्डलीहरुले गर्छन् ।’ पुराणबाट वार्षिक ४–५ लाख आम्दानी हुने र आधा रकम पुराणमा नै खर्च हुने उनले बताइन् । बचेको रकमबाट मन्दिरमै खर्च गरिदै आएको उनले सुनाइन् ।
पुराणबाट सिला भेला गरेर घैला भरिदै आएको मन्दिर सञ्चालक समितिका कोषाध्यक्ष रोमनाथ कोइरालाले जानकारी दिए । उनले भने ‘सिला भेला गरेर घैला भर्छाै र मन्दिर व्यवस्थापनमा खर्च गर्छाै ।’
मन्दिर सञ्चाककै अगुवाइमा सामुदायिक भवन निर्माण गरिदै आएको सदस्य उमानाथ निरौलाले बताए । उनले भने ‘निर्माणपछि परिवारबाट तिरस्कृत भएका आमाबुबाहरुलाई संरक्षण गर्छौ र हराउ“दै गएको संस्कृत विद्यालाई पनि जर्गेना गर्ने छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्