बारा तनावग्रस्त

<span class='c1'>बारा</span> <span class='c2'>तनावग्रस्त</span>

प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध हस्तक्षेप गरेपछि शान्ति बिथोलिएको हो । स्थानीयले आज बिहानै निकालेको शान्तिपूर्ण विरोध ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच आज बिहानैबाट सिमरामा झडप भइरहेको छ । प्रहरीले बिहानै आन्दोलनकारीलाई तितर–वितर पार्न दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ ।
प्रहरीको कुटाइबाट दर्जनौं आन्दोलनकारी घाइते भएका छन् भने प्रहरीतर्फ पनि केही घाइते भएको स्थानियले जनाएका छन् ।
आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् । आमड्तालका कारण आजपनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्थास मेत बन्द छन् । सिमरा बजार अहिले आन्दोलनकारीको कब्जामा छ ।
भुमिसुधार, मालपोत र नापी लगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगन गरेको विरोधमा स्थानीयबासी आन्दोलित भएका हुन । आन्दोलनकारीले आम हड्ताल आहृवान गरेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।
.................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्