विराटनगरका एक विपन्न परिवारलाई सिकियाही क्लवको सहयोग

<span class='c1'>विराटनगरका एक विपन्न परिवारलाई</span> <span class='c2'>सिकियाही क्लवको सहयोग</span>

बिराटनगर । विराटनगर १३ मा रहेको रानी सिकियाही क्लवले एक विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

बिराटनगर १३ स्थित सैनिक टोल रानी सिकीयाहीमा बस्दै आएका मान बहादुर राईको परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।
आर्थिक अवस्थाबाट कमजोर भएका परिवारलाई सहयोग गरिएको हो । रानी सिकियाही युवा क्लबका पदाधिकारीहरुले खाना पकाउने ग्यास, चामल, दाल, आटा, कम्बल, लुगा लगाएत का विभिन्न सामाग्री सहयोग गरिएको क्लवले जनाएको छ ।

परिवारका अभिभावक मान बहादुर राई विगत लामो समयदेखी क्षयारोगबाट पिडित छन् । उनको परिवारमा कोही कमाउने नभएपछि दैनिकी गुजरा चलाउन समस्या पर्दै आएका थियो ।
घरमा कमाउने कोहि नभएको कारण सम्पुर्ण सामाग्रीहरु उक्त परिवारलाई समस्याको बेला केही राहात मिलोस भनेर सहयोग गरिएको कार्यक्रम सम्योजक अजय यादवले जानकारी दिए। कार्यक्रममा अखिल मोरङ प्रवक्ता बिकाश महतो, समाजसेवी सत्रुधन बिष्ट र युवा अभियानता पेरिस सुवेदी लगाएत अन्य स्थानीय युवाहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्