विराटनगरमा अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट हुदै,१२ टिम सहभागी

विराटनगरमा अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट हुदै,१२ टिम सहभागी

विराटनगर । विराटनगरमा अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट २०२० हुने भएको छ ।
नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा टुर्नामेन्ट हुने जानकारी दिएको हो । फागुन १७ गते शनिबारदेखि विराटनगर २ स्थित द स्र्पोटस हवमा संचालन हुने अन्तर कर्पोरेट फुटसल टुर्नामेन्टका संयोजक शुभम भट्टराईले जानकारी दिए ।

खेलमा विराट मेडिकल कलेजका २ टिम, तुलसी मोटर्स निशान मोटर्स, आकृति ड्रग हाउस, पि. एल. ओ. लुव्रिकेन्टस, फुजिमा आयल, सिटिजन वैंक लि., मारवाडी युवा मंच, एम.आर.एफ.सी र होण्डा मोटर्स लगायतका वाह्रवटा टिमले सहाभागिता जनाउने छन्।
लिग अन्तर हुने खेलमा एक टिममा पाँच खेलाडी हुनेछन् भने तीन अतिरिक्त खेलाडी गरी आठ जनाको सहभागिता रहने भट्टराईले बताए । प्रत्येक टिमले दुई खेल खेल्नेछन् जस्मा विजयी टिम क्वाटर फाईनलमा जानेछ ।

खेल अवधिमा खेलाडी घाईते हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोजकले प्रत्येक खेलाडीलाई एक लाखको विमाको व्यवस्था गरेको अायोजकले बताए ।
प्रतियोगिताको विजेता टिमलाई एक लाख नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद पचास हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

एकहप्ता सम्म संचालन हुने खेलमा लिग अन्तर्गत एक दिनमा चार खेल क्वाटरमा फाइनलमा दुई खेल हुनेछ । उक्त खेलको फाईनल खेल आगामी २४ गते शनिबार हुनेछ ।
साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई मेडल तथा प्रमाण पत्र वितरण गरिनेछ । युवा उद्यमी तथा व्यापारीलाई खेलको माध्यमबाट एक शुत्रमा बाँध्ने उद्देश्यले उक्त खेल संचालनमा ल्याएको संयोजक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्