फेरि चलेन नेपाली क्रिकेट टिमको ब्याटिङ, मलेसियासंग नेपाल पराजित

फेरि चलेन नेपाली क्रिकेट टिमको ब्याटिङ, मलेसियासंग नेपाल पराजित

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।
थाइल्यान्डको बैंककमा मलेसियाले दिएको १५५ रनको लक्ष्य पछाइरहेको नेपालले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र ऐरीले ३८–३८ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले १९ रन जोड्दा कप्तान पारस खड्काले ९ रन जोडे ।

बलिङतर्फ मलेसियाका लागि शर्भिन मुनियडेले सर्वाधिक चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । मलेसियाका लागि सायद मुबारकले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएका हुन् ।

मलेसियाका लागि मोहमद अरुदिनले ३१ रन बनाउँदा मोहमद नुरले ३० रन बनाए । आमरुदिन रम्लेले रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । टि–ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पूरा गर्ने अवसरमा उनले नेपालका लागि ३२ विकेट लिएका छन् ।  सन्दीप नेपालका लागि टि–ट्वान्टी क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी हुन् ।

नेपालका लागि अविनाश बोहोराले दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट लिन सफल भए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्