एसीसी इस्टर्न रिजन टी २० क्रिकेट : आज नेपाल र थाइल्याण्ड भिड्ने

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट : आज नेपाल र थाइल्याण्ड भिड्ने

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले आज घरेलु टोलीसँग खेल्दै छ ।

लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड पहिलो जीतको खोजीमा हुनेछन् । नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जितका साथ २ अंक जोड्ने प्रयासमा रहँदा थाइल्याण्ड पनि त्यस्तै नतिजाको खोजिमा हुनेछ ।

टी २० मा सहभागी पाँचमध्ये शीर्ष वरीयताको नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको थियो ।

तर मलेसिया र हङकङसँग पराजित भएपछि च्याम्पियन बन्ने लक्ष्यमा भने धक्का लागेको छ । त्यसैले थाइल्याण्डविरुद्ध फराकिलो जित निकाल्दै शीर्ष दुईमा पुग्ने लक्ष्य कायमै राख्ने प्रयासमा हुनेछ । नेपालले थाइल्याण्डलाई पराजित गरेर मात्रै पुग्ने छैन । सँगै अन्य टिमको पनि भर पर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्