कोरोना भाइरसका कारण विराटनगरमा होलीको चहल पहल देखिएन व्यापारमा असर (भिडियो सहित)

<span class='c1'>कोरोना भाइरसका कारण विराटनगरमा होलीको चहल</span> <span class='c2'>पहल देखिएन व्यापारमा असर (भिडियो सहित)</span>

प्रेम देवान
विराटनगर ।

दुष्य नम्बर एक

 

समय दिनको १ बजे विराटनगरको मुख्य बजारको वि प्लट परीसर छेउ । एक जना बालक कराई कराई होलीको भेष्ट किन्न आह्वान गर्छन । उनको बोलीबाट अढाई सयमा २ वटा भेष्ट भन्दै कराउदै गरेको दृष्य त्यहाँ देखिन्छ ।
सामान्य साथी भाईसँग बसेर चिया नास्ता गर्नुपर्यो भने अहिले ५ सय भन्दा बढीको विल उठ्छ । तर त्यहाँ ती बालकले अढाई सयमा २ वटा भेष्ट भन्दा पनि ग्राहकहरु त्यहाँ गएको देखिदैन । विराटनगरको सत्यनारायणमा कक्षा ९ अध्ययनरत राहुल गुप्ता शनिबार स्कुल छुटि भएका कारण आफ्नो मामाको ग्रामेन्टबाट होलीमा लगाउने भेष्टहरु बेच्न आएका हुन्छन् । तर उनको त्यो अढाई सयको भेष्ट किन्न हत्तपत्त कोही जादैनन् ।

दृष्य नम्बर दुई

विराटनगरको ९ मेनरोड पन्चमुखी मन्दिरमा विराटनगर ११ पिचराकी रेनु पाण्डे सडक पेटीमा होलीका कपडा फिजाएर बसेकी हुन्छिन् । उनी पनि कोही ग्राहकहरु आँउछन् कि भनेर पर्खेर बसिरहेकी हुन्छिन् । तर उनको पनि राहुल गुप्ता जस्तै कोही आउदैनन् । २ लाखको सामान ल्याएको अहिले सम्म विक्न सकेको छैन ।
दृष्य नम्बर ३

विराटनगर ८ महाविर रोडमा कपिस इन्टरप्राइजेजमा विगत लामो समयदेखी होलसेलको सामान बेच्दै आउनुभएका मनोज वंशालको पिडा त झन् फरक छ । सधै पसलमा होलीको सामान खरिद गर्न आउनेहरुको खुटटा राख्ने राख्ने ठाँउ हुन्थेन तर यस पटक भने सुन्य नै रहेको बताउनुहुन्छ । पसलमा होलीको सामाग्री भन्दा पनि कोरोना भाइरसबाट बच्न मास्क खरिद गर्न आउनेको बढी भिड हुने गरेको  सुनाउनुहुन्छ


यी माथीका सबै आ आफ्नै पिडा हुनुको पछाडी एउटै कारण हो कोरोना भाइरस । हो चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभिड१९ ) ले नेपालमा पनि आतंकित तुल्याईरहेका बेला यसकै त्रासका कारण यसपाली विराटनगमा होलीको माहोल खासै देखिएन । अघिल्ला वर्षहरुमा विराटनगरमा होलीको एक साता अघिदेखि होली मिलन कार्यक्रम हुने गरेकोमा कोरोना भाइरसको संक्रमणप्रति सचेत हुन सरकारले आह्वान गरेकोले यो वर्ष खासै कार्यक्रम भएनन् ।


सरकारले पनि कोरोनाको संक्रमण फैलने अवस्थाप्रति सचेत बन्न सभा, सम्मेलन तथा भिडभाड हुने कार्यक्रम नगर्न र होली पनि ठूलो भिड जम्मा भएर नमनाउन आग्रह गरेको छ । यता जिल्ला प्रशासन कार्यालय मोरङबाट पनि प्रेस विज्ञप्ती नै जारी गर्यो । होली पर्वमा सर्तक रहन भन्दै होली र भिडभाडमा नजान भन्दै उर्दी जारी गरीसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण यो वर्षको होली अर्थात (फागु पुर्णिमा) पर्व प्रभावित भएको छ । यो वर्ष पहाडको होली सोमबार र तराईमा मंगलबार परेको छ ।
होलीको रौनक विराटनगरमा पहिलेको जस्तो देखिएन । बजारमा होलीको रंग र होली लेखिएका भेस्टहरुको बिक्री पनि गत वर्षको जस्तो नभएको स्थानिय व्यापारीहरु बताउछन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको सूचना विश्व स्वास्थ्य संगठनले जारी गरेपछि सरकारले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरे सँगै विराटनगरमा यसपटक होलीमा प्रभाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्