विराटनगर । माेरङकाे बुढीगंगामा रहेकाे शिवम् प्लाष्टिक उद्याेगमा आगलागी भएकाे छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेकाे उद्योगमा आगलागी भएको हाे ।
बिहान करिब ३ बजेदेखि लागेकाे आगाे ५ बजेतिर नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । अागलागीबाट उद्योगकाे २ वटा प्लान्ट, फेब्रिक उत्पादन गर्ने मेसिन १० वटा दाना, प्लान्टकाे प्यानल जलेर नष्ट भएकाे उद्योगका म्यानेजर मालचन्द मुन्दडाले बताउनुभयाे ।
मुन्दडाका अनुसार मुख्य प्लान्टबाट पड्केर आगाे लागेकाे हाे । उद्योगले २४ घण्टा नै प्लाष्टिकका बाेरा उत्पादन गर्दै अाएकाे छ । दैनिक उद्योगले २२ देखि २५ टन बाेरा उत्पादन हुँदै आएकाे थियाे ।