विराटनगरको चाईना मार्केटबाट १५ ग्राम खैरो हेरोईन सहित कमानसिंह पक्राउ

<span class='c1'>विराटनगरको चाईना मार्केटबाट १५ ग्राम</span> <span class='c2'>खैरो हेरोईन सहित कमानसिंह पक्राउ</span>

विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् ।
प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध ब्युरोको टोलीले राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिनुभयो । भारत जोगवनीबाट नेपालतर्फ आउदै गरेको क्रममा शंका लागी चेकजाँच गर्दा राईको साथबाट खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १५ ग्राम बरामद गरेको छ । प्रहरीले राईको साथबाट बरामद गरेको खैरो हिरोइन भारतको जोगवनीबाट ५० हजार खरिद गरी सेवन र विक्री गर्न ल्याएको पाइएको छ ।
पक्राउ परेका राईले प्रति डोज १ हजार देखि १ लाख रुपैयाँसम्ममा बेच्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत मोरङमा म्यात थप गरि इलका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्