विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए ।
कोरोना भाइरसका फैलिरहेको अवस्थामा खाना खाने स्थानमा भिडभाड हुने भएका कारण हाल अर्को सुचना नहुन्जेल सम्म स्थागित गरिएको धाडेवाले जानकारी गराए । २ महिना बढी सम्म थालिएको अभियानमा ७० हजार भन्दा बढीले खाना खाएको धाडेवाले बताए ।