मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति,बिद्यार्थीलाई रोजगार तथा तालिमको अवसर हुने

<span class='c1'>मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति,बिद्यार्थीलाई</span> <span class='c2'>रोजगार तथा तालिमको अवसर हुने</span>

विराटनगर चैत्र २ ,

विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष संचालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका बिद्यार्थीलाई इन्टर्नशीप तथा प्लेसमेन्ट,बैंकिंङ समन्धी बिभिन्न तालिम दिने लगायतका बुदामा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

सानिमा बैंकका तर्फबाट विराटनगरका सहायक ब्रान्च प्रबन्धक गायत्री प्रसाद सुबेदी र रिलेसनशिप अफिसर अभिषेक शर्मा र कलेजको तर्फबाट प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले र बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले हस्ताक्षर गरेका थिए ।

कलेजका बिद्यार्थीहरुलाई पढाइ संगसंगै विश्वभर ठुलो सम्भावना बोकेको बैंकिंङ समन्धी जानकार बनाउने उदेश्यले उक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको कलेजका कार्यकारी वाग्लेले बताए । कलेजले उद्योग संगठन मोरङसंग पनि रोजगारी तथा बिभिन्न तालिमको लागि सहमति गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्