विराटनगरमा युवा संघको कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रम

<span class='c1'>विराटनगरमा युवा संघको कोरोना</span> <span class='c2'>भाइरस विरुद्धको सचेतना कार्यक्रम</span>

कोरोना भाइरस विरुद्धको सचेतना अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कमिटीले विराटनगर बसपार्कमा रहेका यात्रु तथा सर्वसाधारणहरुमा स्यानिटाइजरको प्रयोग विधि तथा केही थान मास्क समेत बितरण गरेको थियो । कार्यक्रममा बोल्दै महानगर अध्यक्ष सुशील रिजालले आम नागरिकलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले राष्ट्रिय युवा संघ नेपालले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यता राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले समेत स्यानिटाइजर, मास्क, औषधिहरुको कालोबजारी नियन्त्रण गर्न तथा स्वास्थ सम्बन्धि सचेत रहन आम सर्वसाधारणमा आग्रह गर्दै दैनिक कार्यक्रमहरु सन्चालन गर्दै आएको जिल्ला संयोजक नवीन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्