कोरोनाको जोखिम :श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानार्कषण

<span class='c1'>कोरोनाको जोखिम :श्रमजीवी पत्रकारहरुका लागि विशेष</span> <span class='c2'>राहत प्याकेज ल्याउन सरकारको ध्यानार्कषण</span>

विराटनगर । सरकारले लगाएको लकडाउनका कारण पत्रकारहरु समेत समस्यामा परेका कारण राहत प्योकज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले सरकारको ध्यानार्कषण गराएको छ ।

महासचिव विवेक गौतमले प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणको जोखिमको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुसँगै संचारकर्मीहरु पनि फ्रन्टलाइनमा रहेर निरन्तर सक्रिय रहेकाले पत्रकारको लागि समेत बिशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘सुरक्षामा ध्यान दिन र कोरोनाको जोखिममा परेका संचारमाध्यम र श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराउँद छौ ।’ विगत ११ दिन देखि लागेको लकडाउनका कारण १ नम्बर प्रदेश भरीका दुई दर्जन बढि दैनिक र चार दर्जन बढि साप्ताहिक पत्रिकाको प्रिन्ट संस्करण बन्द भएका छन् ।

आफनो जिम्मेवारीलाई पनि पुरा गर्ने र जोखिम पनि कम गर्ने गरी पूर्वसतर्कता अपनाएर काम गर्न महासंघले सवैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्