छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार पुगेको छ । महामारीका रूपमा फैलिएको कोरोनाबाट भारतमा ६२ हजार नौ सय ३९ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म दुई हजार एक सय नौजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारतमा १९ हजार तीन सय ५७ जना उपचारपछि निको भइसकेका छन् भने ४१ हजार चार सय ७२ जनाको उपचार भइरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा सबैभन्दा बढी सात सय ७९, गुजरातमा चार सय ७२, मध्य प्रदेशमा एक सय १५, पश्चिम बंगालमा एक सय ७१, राजस्थानमा एक सय ६, दिल्लीमा ७३, उत्तर प्रदेशमा ७४, आन्ध्र प्रदेशमा ४४, तमिलनाडुमा ४४, तेलंगानामा ३०, कर्नाटकमा ३० संक्रमितको मृत्यु भएको छ ।

यस्तै पन्जाबमा ३१, जम्मु–काश्मीरमा नौ, हरियाणामा नौ, केरलमा चार, झारखण्डमा तीन, विहारमा ६, उत्तराखण्डमा एक, असममा दुई, हिमाचल प्रदेशमा दुई, ओडिसामा दुई, चण्डीगढ र मेघालयमा एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्