महाभुकम्पका कारण देश अस्तव्यस्त बनेका बेला अर्थमन्त्री डा. रामशरण महत मन्त्रीपरिषदको निर्णयविपरित विदेश भ्रमण गएका छन्।
महत एसियाली विकास बैंक (एडिबी)को वार्षिक बैठकमा भाग लिन शनिबार बिहान अजरबैजान गएको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ।
देश भूकम्पको महासंकटमा फसेका बेला सबै मन्त्री पीडितको उद्धारमा सहभागी हुनुपर्ने भन्दै गत वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री, सचिब र सहसचिबलाई तत्काल विदेश नपठाउने निर्णय गरेको थियो। उनीसँगै अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनी पनि अजरबैजान गएका छन्।