नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।