अनलाईन कराते कातामा नेपाललाई ४ स्वर्ण

<span class='c1'>अनलाईन कराते कातामा</span> <span class='c2'>नेपाललाई ४ स्वर्ण</span>

विराटनगर । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ ।
नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् ।

यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । ८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलङकाका थरुशा लकमललाई पराजित गरेका थिए । यसै गरि महिला १० बर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन् । उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिईन् ।

ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन् । रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेट तर्फ मनिष कार्की रहेका छन् । यस्तै महिला ९ बर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ बर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे ।
२ जुलाई देखि संचालन भएको च्याम्पियनसिपमा ९ बर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० बर्ष मुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ बर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे ।

च्याम्पियनसिप ५ जुलाई सम्म संचालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन् । मानन्धरले सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० मा नेपालका लागि रजत पदक हात पार्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्