इटहरी । इटहरी उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनीयरलाइ कोरोना संक्रमण पुस्टि भएपछि बिहीबार बसेको आपतकालिन बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी सहितको छलफलले तत्काल बजार बन्द नगर्ने निर्णय गरेको हो ।
इटहरी उपमहानगरकै कर्मचारीमा कोरोना पुस्टी भएपछि तत्काल लकडाउन गर्ने या नगर्ने लगायत अन्य विषयमा छलफल गर्न आपतकालीन बैठक बसेको थीयो ।
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले अब के गर्ने भनेर सोधिरहदा इटहरीका जनप्रतिनिधिहरूले तत्काल शहरलाइ लकडाउन नगर्ने तर इटहरी उपमहानगर कार्यालयमा अति आवस्यकीय बाहेक सबै सेवाहरू बन्द गरीने साथै सबै वडा कार्यालयहरूको कामहरू बन्द गरिने जस्ता कुरा उठाएका थिए ।
इटहरीमा पनि समुदाय स्तरमा कोरोना फैलिरहदा शहरलाइ तत्काल लकडाउन नगर्ने आवस्यकिय सचेतना अपनाइने , कोरोना पुस्टी भएका संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको िपसिआर टेस्ट गरिने जस्ता निर्णय गरिएको उपमहानगर अन्तरगत वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमले बताए ।
यता बैठकमै सहभागी इटहरी अस्पतालका इमरजेन्सी बिभाग प्रमुख राम कुमार धमलाले उपमहानगरकै कर्मचारीमा कोरोना पुस्टी हुनुले अब समुदाय स्तरमा फैलिएको बताए । हाल देखिएको कोरोना चौथो चरणमा प्रवेश गरेको जुन समुदाय स्तरमा छरिने उनले बताए । अब पनि सामान्य ठाने भोलीको दिनमा ठुलो मानविय क्षती हुने र बेलैमा सावधानी अपनाइनु पर्ने उनको धारणा छ ।
यता वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमले तत्काल लकडाउन गर्दा समस्याको सामधान नहुने बताए । समुदाय स्तरमा कोरोना फैलिएको भनिएपनि पहिला पिसिआर टेस्टको दायरा बढाउने अनी आएको रिपोर्ट अनुसार के गर्ने भनि अर्को निर्णय गर्न सकिने वडाध्यक्ष गौतमको भनाइ छ ।
यता इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले पनि तत्काल शहरलाइ लकडाउन नगर्ने तर भिडभाड हुने स्थानमा आवस्यकिय सचेतना जगाइने बताए । हाललाइ कोरोना संक्रमित भनिएका कर्मचारीको सम्पर्कमा आएका अन्यको पिसिआर टेस्ट गराइने र त्यसपछि आएको नतिजाले के देखाउछ हेरे अघि बढने बताए ।