विराटनगरमा १८ जना नयाँ संक्रमित थपिए

<span class='c1'>विराटनगरमा १८ जना</span> <span class='c2'>नयाँ संक्रमित थपिए</span>

विराटनगर । विराटनगरमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका उच्च ओहोदाका एकजना व्यक्तिसहित तीनजनाको परिवारलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । यसैगरी विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष रहेका छन् भने ६ का २४ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

विराटनगरले स्वाब संकलन गरेर पठाएकामध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी आफैं अर्कै निकायले स्वाब संकलन गरेर पठाएका चार जना भएको अनुमान गरिएको छ ।
यसैगरी कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत १ जनामा समेत संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्