रंगेलीका तीन वडा सिल, बजार बन्द

<span class='c1'>रंगेलीका तीन वडा</span> <span class='c2'>सिल, बजार बन्द</span>

विराटनगर । मोरङको रंगेलीका तीनवटा वडाको आंशिक भाग सिल गरिएको छ । ट्राभल हिस्ट्रीबिहीन संक्रमित फेपा परेपछि रंगेली नगरपालिकालाई बन्द गर्ने निर्णय गर्दै ४, ६ र ८ नम्बर वडाको आंशिक भाग सिल गरिएको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाका अनुसार अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सबै कामहरु तत्काललाई बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिका र वडाबाट हुने सेवा प्रवाहलाई रोकिएको हो । रंगेली बजारलाई पूर्ण रुपमा बन्द गरिएको छ । त्यहाँको बन्द कार्यन्वयका लागि सुरक्षा निकायले सहयोग गरिरहेका छन् ।

सोमबार एकै परिवारका १४ जनासहित रंगेलीमा २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित पुष्टि हुनेहरुमा एकजना नेपाल रेडक्रस सोसाइटी रंगेलीको रक्त सञ्चार यूनिटका कर्मचारी समेत छन् । रंगेली अस्पतालमा रहेको यूनिटमा कार्यरत उनमा संक्रमण पुष्टि भएपछि नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा समेतका पदाधिकारीमा संक्रमणको संभावना बढेको छ ।

रंगेलीका संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचान गरिसकिएकोले बुधबार उनीहरुको स्वाब संकलन गरिने भएको छ । हाट बजार समेत बन्द गरिएका छन् । मेयर बगडीयाले बाहिरका नागरिक कसैलाई पनि प्रवेश गर्न नदिनका लागि रंगेलीवासीलाई आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्