दुई पत्रकारसहित शुक्रबार बेलुका २२ जना थपिए

<span class='c1'>दुई पत्रकारसहित शुक्रबार बेलुका</span> <span class='c2'>२२ जना थपिए</span>

राटनगर । विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत संक्रमण पुष्टि भएको हो ।

विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत दुई जनामा कोरोना संक्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ । पत्रकारलाई कोरोन देखिएसँगै उद्घोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ । यस अगाडी विराटनगरका अर्का पत्रकार समेत संक्रमित भईसक्नु भएको छ ।

शुक्रबारराती संक्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का ४, विराटनगर–३ का १, विराटनगर– ५ का १, विराटनगर –६ का २, विराटनगर –७ का ३ जना छन् । त्यस्तै विराटनगर–८ का १, १० का १, ११ का १, १३ का ४ र विराटनगर–१४ का १ जनामा संक्रमण देखिएको छ ।

शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार राती २२ जना थपिएका हुन् । नयाँसँगै विराटनगरमा संक्रमित हुनेको संख्या २४५ पुगेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्