रमाइलो डायग्नोष्टिक सेन्टरद्धारा रक्तदान कार्यक्रम आयोजना

<span class='c1'>रमाइलो डायग्नोष्टिक सेन्टरद्धारा</span> <span class='c2'>रक्तदान कार्यक्रम आयोजना</span>

विराटनगर । कोरोना भाइरस संक्रमणको कारण रगत अभाव भइरहेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालीका –६ स्थित रमाइलो डायग्नोष्टिक सेन्टर प्रा.लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ जनाले रगतदान गरेका छन् ।

‘तपाईंको रगतदानले कसैको ज्यान जोगिन सक्छ’ भन्ने नाराका साथ सेन्टरले यहि साउन २२ गते रमाइलो बजारमा आयोजना गरेको कार्यक्रममा ५ महिला सहित ३६ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण विरामीहरुले अस्पतालहरुमा रगत नपाएर छटपटिनु परिरहेको समाचारहरु सुनेपछि केहि हदसम्म पूर्ति हुने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको रमाइलो डायग्नोष्टिक सेन्टरका संचालक प्रकास धिमालले बताउनुभयो ।

उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । विराटनगर लगायत पूर्वि नेपालका रक्त संञ्चार केन्द्रहरुमा रगतको चरम अभाव देखिएको छ ।

रक्तदान गर्ने संघसंस्थाहरुले समेत कोरोना भाइरस संक्रमणका कारण रक्तदान कार्यक्रम संञ्चालन गर्न नसक्दा र रक्तदाताहरुपनि संक्रमणको त्रासका कारणले रगतदान गर्न नआउँदा रगतको अभाव हुन पुगेको केन्द्रले जनाएको छ । रगतको चरम अभाव भएसँगै अहिले रक्तदान गर्दागर्दै नै अधिकांश दान गरिएको रगतका पोकाहरु विरामीका आफन्तले आयोजना स्थलबाटै लैजाने गरेका छन् ।

यस अघिपनि रमाइलो डायग्नोष्टिक सेन्टर प्रा.लि.ले रगत अभाव भएको अवस्थामा तथा विभिन्न अवसरहरुमा रक्तदान कार्यक्रमहरु गर्दै आएको सञ्चालक धिमालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्