नोबेलमा थप दुईजनामा कोरोना संक्रमण

<span class='c1'>नोबेलमा थप दुईजनामा</span> <span class='c2'>कोरोना संक्रमण</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार नोबेलमा कार्यरत एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिइएको हो । दाहालका अनुसार यस अगाडी दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैका आधारमा गरिएको सम्पर्क पहिचानमा परेकाहरु थप दुईजनामा संक्रमण पुष्टि भएको हो ।

नोबेल मेडिकल कलेजले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेसँगै ओपीडी सेवा बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्