बिराटनगर । बेलबारीका व्यवसायी सन्जय सुवेदीले अग्रभागमा दैनिक खटिने प्रहरीलाई सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेसशिल्ड उपलब्ध गराउनु भएको छ ।
कोरोना भाइरसको महामारीले अग्रपंक्तिमा सधैं खट्ने प्रहरी असु्रक्षित बन्दै गएको भन्दै उनीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको हो ।
व्यवसायी सुवेदीले इलाका प्रहरी कार्यलय पथरी र इलाका प्रहरी कार्यलय बेलबारीलाई सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेस शिल्ड उपलब्ध गराउनु भएको थियो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरी र बेलबारीका प्रहरी निरीक्षक ऋषि राज ढकाललाई सेनिटाइजर मेसिन, ४०० लिटर सेनिटाइजर बनाउने रसायन र ३० वटा फेस सिल्ड हस्तान्तरण गर्नु भएको थियो ।