कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि दमक हस्पिटल बन्द

<span class='c1'>कोरोना सङ्क्रमित उपचारका लागि आएको</span> <span class='c2'>पुष्टि भएपछि दमक हस्पिटल बन्द</span>

कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन आएको खुलेको अस्पताल स्रोतले जनाएको छ । ती प्रहरीको दिउँसो मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।

गत बुधबार उहाँसहित दमकबाट पठाइएका १०७ जनामध्ये आइतबार ४७ जनाको रिपोर्ट आएको थियो । यसमा उहाँको मात्र रिपोर्ट पोजेटिभ आएको हो । साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्