झापाको आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल

<span class='c1'>झापाको आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा</span> <span class='c2'>कोरोना पोजेटिभ भएपछि अस्पताल सिल</span>

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।

मेचीनगर १०, धुलाबारीमा रहेको अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर १०, धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो ।

चिकित्सकसहित समुदायस्तरमा एकैपटक चारजनामा कोरोना सङ्क्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्‍न राजनीतिक दल, सङ्‍घ-संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक साताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ ।

नगरप्रमुख विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्‍कास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका थ्रोट स्वाबको नमुना सङ्‍कलन गरिनेछ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्