विराटनगर साउन २९ ,
बिराटनगर महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन बढाइएको मेयर भिम पराजुलीले जानकारी दिए ।