प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिए, मोरङ जिल्लामा ६२ नयाँ संक्रमित

<span class='c1'>प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना</span> <span class='c2'>संक्रमित थपिए, मोरङ जिल्लामा ६२ नयाँ संक्रमित</span>

प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मेची अस्पतालमा पनि पीसीआर परीक्षण 

आजबाट मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण सुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।  यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्