विराटनगर साउन ३१ ,
विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक नर्समा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालमा आइसीयुमा कार्यरत नर्सलाई संक्रमित भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यो संगै नोबेलमा संक्रमितको संख्या १० पुगेको छ ।
संक्रमित नोबेल अस्पतालले नै तयार परेको आसोलेशनमा रहेकी छिन । नोबेल अस्पतालबाट हालसम्म ३५७ जनाको स्वाब संकलन भएको दाहालले बताए ।