विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरमा शनिबार एकजना नर्ससहित एक कर्मचारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
नोबेलमा कार्यरत नर्स र स्टोर कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नोबेलमा संक्रमित हुनेको संख्या १४ जना पुगेको छ । विराटनगर महानगरपालिका कोभिड शाखाका अनुसार महानगरमा शनिबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।