शनिवार मात्र प्रदेश नं १ मा ८६ सङ्क्रमित थप

<span class='c1'>शनिवार मात्र प्रदेश नं १</span> <span class='c2'>मा ८६ सङ्क्रमित थप</span>

विराटनगर महानगरपालिमा ४० सहित प्रदेश नं १ मा शनिबार ८६ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेशमा शनिबार एक हजार ९४८ जनाको पिसीआर परीक्षण गरिएकामध्ये ३२ महिलासहित ८६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति संयोजक डा सरोज विशालले बताउनुभयो ।

मोरङका ६४, सुनसरीका १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरका एक/एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १९ महिलासहित ४०, रङ्गेलीका तीन महिलासहित नौ, धनपालथानका पाँच महिला, जहदाका एक महिलासहित तीन, सुन्दरहरैचाका दुई पुरुष, बूढीगङ्गाका एक महिलासहित दुई, ग्रामथान, सुनवर्षीमा एक/एक र कानेपोखरीका एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको धरानमा दुई महिलासहित ११, रामधुनीका पाँच, बर्जुका तीन, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगाका एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ९०७ पुगेको छ । यस्तै प्रदेशमा शनिबारसम्म ६४ हजार ५९९ जनाको पिसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्